राष्ट्रपतिलाई एयरपोर्टमै सोफा !


हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा राष्ट्रपति भण्डारीले एयरपोर्टमा सोफामा बसेर खिचाएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

मंगलबार राष्ट्रपति भण्डारी शहिद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा गएकी थिइन् ।

उक्त कार्यक्रम सकेर फर्कने क्रममा राष्ट्रपति भण्डारीले खिचाएको तस्बिरले सामाजिक सञ्जाल नै ततायो । एयरपोर्टमा सोफामा बसेको तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निकै रोचक तस्बिरको रुपमा लिएका छन् ।

पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको विदाइ गर्न हेलिप्याडसम्मै आइपुगेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणी पौडेल र मन्त्रीहरुले तस्बिर खिचाउने सल्लाह गरे ।

त्यसपछि, राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

उक्त तस्बिर सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गर्दै हेलिप्याडमै राष्ट्रपतिलाई सोफा पुर्याएको चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालले भोली (शनिबार) मलेसियासँग खेल्दै प्रतियोगिताको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको

एजेन्सी : बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य