परिवारले अझै बुझेनन् टिपरको ठक्करबाट मृत्यु भएका सिंहको शव



सुर्खेत : वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मङ्गलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन् ।

भे१ख २२४२ नंको टिपरले भे१प २१७८ नंको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए ।

मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्