स्वास्थ्यकर्मीकाे सरुवामा व्यापक चलखेल, एक जनाकाे तीन ठाउँसम्म सरुवा



काठमाडौँ : गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एक हजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्य मन्त्रालयले महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । 

 

छानविन समिति संयोजक महेन्द्रप्रसाद श्रेष्ठले सरुवामा अनगिन्ति त्रुटि फेला परेको जानकारी दिए । एउटै व्यक्तिलाई तीन ठाउँसम्म सरुवा गरिएको, दरबन्दी नभएको स्थानमा पनि सरुवा गरिएको, एकजना दरबन्दी रहेको ठाउँमा पाँच जनासम्मलाई सरुवा गरिएको, अवधि नपुगी सरुवा गरिएको जस्ता त्रुटि भेटिएको जानकारी दिँदै छानविन समिति संयोजक श्रेष्ठले प्रतिवेदन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीसमक्ष बुझाइसकिएको बताए ।

 

अाजकाे गाेरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्