प्रदेश २ का मन्त्रीले सचिव कुटे



जनकपुरधाम : प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड़ हानेका छन् ।

फाइल लिएर आफ्नो कार्यकक्षमा आएका सचिव झालाई आफूले भनेको गैरसरकारी संस्थालाई योजना किन नपारेको मन्त्री यादवले थप्पड हानेका हुन् ।

वन, उद्योग तथा पर्यटन मन्त्रालयले यसअघि नै गरिबी निवारणका लागि उद्यम कार्यक्रम चलाउन गैरसरकारी संस्थाहरुमध्येबाट छानेर दिने निर्णय गरेको थियो । सोही प्रयोजनका लागि सचिव झा मन्त्री यादवको कार्यकक्षमा गएका थिए ।

 

संघीय सरकारका ससर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताए । कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाले आशय पत्र दिएका थिए । त्यसमा ४० वटा संस्था छनोट भएका थिए ।

 

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीले मन्त्रीको कार्यकक्षको मुख्य ढोकामा धर्ना दिएका थिए । मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठमा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए ।

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो ।

कार्यकक्षमा केही बेर होहल्लासमेत भएको र पछि प्रहरी आएर सचिव झालाई घिसार्दै भ्यानमा बसालेर लगेको थियो ।

सञ्चारकर्मीको प्रश्नको जबाबमा मन्त्री यादवले भने, ‘केही भएको छैन, मेरो हातमा पनि चोट लागेको छ ।’ त्यसपछि मन्त्री यादव सञ्चारकर्मीसँग पन्छिँदै गाडीमा बसेर बाहिरिएका थिए ।

 

संघीय सरकारका ससर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजिओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताए ।

प्रतिक्रिया दिनुहोस्