झन्डै ६ अ‌ंकले घट्याे सेयर बजार



काठमाडौं ः साताकाे पहिलाे दिन आइतबार धितोपत्र बजार झन्डै ६ अंकले झरेकाे छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव शून्य पाँच विन्दुमा झरेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २ सय ४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आइतबार कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर ३७ करोड २९ लाख १५ हजार ७ सय ६ रुपैयाँमा खरिदबिक्री भए । 

कारोबार भएका दस उपसमूहमध्ये दुई उपसमूहको परिसूचक भने वृद्धि भएको छ । यस्तै आठ उपसमूहको परीसूचक घटेको छ । स्टकका अनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन् ।

 

यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेका छन् । 

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्स लिमिटेड, श्रीराम सुगर मिल्स लिमिटेड, तिनाउ विकास बैंकका सेयरधनीले आइतबार कमाएका छन् भने भार्गभ विकास बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्