दाउराको भारीसँगै लडेर महिलाको मृत्यु 



सुर्खेत : जाजरकोटमा एकजना महिलाको दाउराको भारीसँगै लडेर मृत्यु भएको छ । जंगलबाट दाउरा लिएर फर्कँदै गर्दा भारीसँगै भीरबाट चिप्लिएर बारेकोट–९ काप्तीकी ३५ वर्षीया गोरी नेपालीको मृत्यु भएको हो । शनिबार बिहानै दाउरा काट्न जंगल गएका बेला उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

दाउरा लिन गएको धेरै समयसम्म पनि नफर्केपछि आफन्त जंगलमा खोज्न जाँदा उनी मृत अवस्थामा आइतबार फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनी दाउराको भारीसँगै भीरबाट चिप्लिएर दुई सय मिटर तल खसेकी थिइन् ।

 

जाजरकोटमा भीरबाट लडेर एक वर्षको अवधिमा १४ जनाको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्