नेपाल पुलिस खप्तड गोल्डकपको सेमिफाइनलमा



कैलाली : मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो अन्तरर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकियो । पहिलो हाफमा दुवै टोलीले पाएका मौकालाई सदुपयोग गर्न सकेनन् । 

दोस्रो हाफमा आक्रामक देखिएको पुलिसले ६८ औँ मिनेटमा अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । यही गोल नै निर्णायक बन्यो ।

गोल गरेका निरकुमार खेलको म्यान अफ द म्याच बने ।

प्रतिक्रिया दिनुहोस्