देश समृद्ध बनाउन १० वर्ष मुलुकको नेतृत्व गर्न चाहन्छु



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूले १० वर्ष मुलुकको नेतृत्व गर्न चाहेको बताएका छन् । 

 

उनले मुलुकलाई समृद्ध बनाउने अभियानको नेतृत्वका लागि अवसर नेपाली जनताले आफूलाई नै दिने विश्वास पनि व्यक्त गरे। आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे। 

 

आइतबार बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ पनि बिमोचन कार्यक्रममा अध्यक्ष दाहालले मुलुक समृद्धिको महाअभियानमा अघि बढेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे।

 

प्रतिक्रिया दिनुहोस्