लागु औषधसहित तीन पक्राउ



वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित ३ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । लागु औषध चरेस सहित भारतीय युवक सहित दुई जना र नाईट्रोभेट ट्याबलेट सहित १ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण मोतिहारीका २१ वर्षीय सहदेव पंडीत, पर्साको कालिका माई गाउँपालिका २ का अकिलेश कानु र वीरगन्ज १६ नगवाका अनुत्तम श्रेष्ठ रहेका छन् । 

पंडीत र कानुको साथबाट प्रहरीले पाँच किलो चरेस बरामद गरेको छ भने श्रेष्ठको साथबाट १६५ ट्याबलेट लागु औषध नाईट्रोभेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई लागु औषध मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद थप गराई आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्