समितिहरुबीच समन्वय अभाव, एउटै विषयमा फरक फरक निर्देशन



काठमाडौं : संघीय संसद्का समितिहरूले सरकारलाई एउटै विषयमा फरक–फरक निर्देशन दिने गरेका छन् । समितिहरूबीच समन्वय नहुँदा निर्देशन पाउने सरकारी निकाय अन्योलमा पर्न थालेका छन् । सरकारी अधिकारीलाई एउटै विषयमा दिनहुँ फरक–फरक समितिमा सांसदका प्रश्नको जवाफ दिन भ्याइनभ्याइ छ ।

 

चाडपर्वमा बजार अनुगमन र कारबाहीका विषयमै राष्ट्रिय सभा र प्रतिनिधिसभाका तीन समितिले सरकारलाई तीनथरी निर्देशन दिएका छन् । निजगढ विमानस्थलबारे राष्ट्रिय सभाको राष्ट्रिय सरोकार एवं समन्वय समिति र प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन पनि फरक छ । 

 

सरोकार समितिले विवाद समाधान गरेर विमानस्थलको काम तत्काल अघि बढाउन निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विमानस्थल निर्माणमा उत्पन्न वातावरणीय विवाद अध्ययन गर्न उपसमिति गठन गरेको छ । 

 

याे खबर आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्