सिरहामा ६ ग्राम ब्राउनसुगर सहित युवक पक्राउ



सिरहा : सिरहाको गोलबजार–६ बाट ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले ६ ग्राम ४ सय मिलिग्राम ब्राउसुगर सहित २१ वर्षिय सुरेश साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

विशेष सुराकीको आधारमा प्रहरी टोलीले साहको घरबाटै विक्रिको लागि राखिएको ब्राउनसुगर सहित दुई थान मोवाईल र २ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका साहलाई इप्रकामा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । करिव एक महिना अघि पनि लागुऔषध मुद्दाको पोलुवामा परेका साह १ लाख ४० हजार धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्