नेपालबाट ३७३ चिनियाँ नागरिक निष्कासित



काठमाडौं : भिसामा तोकिएभन्दा बढी समय बसोवास गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएको चिनियाँ नागरिकलाई गृह मन्त्रालयले निष्कासन गरेको छ । 

मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले जलविद्युत, सडक, रसुवा करिडोर तथा सिमेन्ट कारखानमा कार्यरत चिनियाँ नागरिकलाई अनुमतिविना (ओभर स्टे) नेपालमा बसेको भन्दै देश निकाला गरेको हो ।

सन् २०१८ मा ३७३ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ । चिनियाँ नागरिक पर्यटक भिसामा आएर विकास निर्माणका काममा खटिँदै आएका छन् । 

पछिल्लो पटक गृहमन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर–कलंकी खण्ड सडक योजनामा कार्यरत पाँच चिनियाँ नागरिकलाई निकालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्