भारतीय प्रचार बोर्ड राखेर लुम्बिनीमा बनाइँदै बिहार



लुम्बिनी : लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएको बोडै झुण्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । 

जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १६० वाई १६० मिटर जग्गामा  रहेको निर्माणस्थलअगाडि नै बोर्ड राखिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा मन्दिर निर्माण भइरहेकोछ तर बोर्डमा भारतीय झण्डासहित ठेगाना पनि भारत नै लेखिएको छ । 

सोक्यो कोअपरेसन ट्रस्ट लेखिएको बोर्डमा जापान र भारतको संयुक्त झण्डा छ । ६ महिनादेखि झुण्ड्याइएको बोर्डमा ककरहवा सिद्धार्थनगर यूपी उल्लेख छ । 

सार्वजनिक  रूपमा राखेको राष्ट्रियताविरोधी बोर्ड कोष कर्मचारीले हटाउन नसक्नु उसको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । लुम्बिनीमा ६ सुरक्षा दस्ता परिचालित छन्, नेपाल, सशस्त्र, दैगा र पर्यटक  प्रहरी । 

त्यसमाथि लुम्बिनी विकास कोष र वीर गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीसमेत गरी २०० भन्दा बढी परिचालित छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्