६५ हजार समायोजनमा आए, २४ हजार बाँकी



काठमाडौं : सरकारले थालेको कर्मचारी समायोजन प्रक्रियामा सहभगी हुन देशभरका ६५ हजार ७९ कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् । सफ्टवेयरमा सहभागी भएकामध्ये आइतबारसम्म ४३ हजार नौसय  ८६ कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन फाराम भरेका छन् । 

हाल रहेका ८९ हजार कर्मचारीमध्ये ६५ हजार ७९ जना कर्मचारी समायोजन सफ्टवेयरमा सहभागी भएका छन् तर २४ हजार कर्मचारी भने हालसम्म समायोजन प्रक्रियामा सहभागी भएका छैनन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समायोजन शाखाका उपसचिव केशरबहादुर पण्डितले कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता भइरहेको जानकारी दिए । 

सरकारले गत ११ पुसमा सार्वजनिक सूचना आह्वान गरी कर्मचारीलाई समायोजन भर्नका लागि २१ दिनको म्याद दिएको थियो । यही माघ २ गते म्याद सकिँदैछ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्