नेकपा अध्यक्षलाई अपहरण गरी निर्घात कुटपिट



डडेलधुरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको छ । शुक्रबार १२ बजे एक अज्ञात समूहले डडेलधुराको आलिताल गाउँपालिकाका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई कुटपिट गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराका अनुसार जोशीलाई वडा–३ को बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै अपहरण गरी निर्घात कुटपिट गरिएको थियो ।

उनलाई आलितालभन्दा करिब पाँच सय मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुकुटधारी समूहले जोशीलाई अपहरण गरी कुटपिट गरेको थियो ।

कुटपिटबाट अध्यक्ष जोशीको खुट्टा भाँचिएको छ । उनको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको से ६ प ७९२६ नम्बरको मोटरसाइकल पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

घटनाको छानबिन भइरहेको र घटनाको संलग्नको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्