शाहरुख खानसँग ‘डेटिङ’ जान चाहान्छिन् दिशा पटानी



एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानीले बलिउडका ‘किङ्ग’ शाहरुख खानसँग डेटिङ जान चाहेको खुलाएकी छिन् ।

सुन्दर शारीरिक बनावटको कारण सामाजिक सञ्जालमा निकै चर्चित दिशा टाइगर श्रापसँग प्रेमसम्बन्धमा रहेको चर्चा पनि सुन्ने गरिन्छ ।

यसैबीच, एक कार्यक्रमको सिलसिलामा उनले बलिउडका एक अभिनेतासँग कफि डेटिङ जाने इच्छा रहेको उल्लेख गर्दै शाहरुख खान आफ्नो रोजाइमा रहेको बताएकी छिन् ।

अभिनेत्री दिशाले टाइम्स नाउलाई अन्तर्वार्ता दिँदै शाहरुख खानसँग कहिल्यै भेटघाट नभएको बताएकी छिन् । त्यसैले वास्तवमा शाहरुखसँग डेट जान चाहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्