हप्तामा २ देखि ३ पटक यौनसम्पर्क गर्दा महिलालाई हुन्छन् यस्ता फाइदा



एजेन्सी : यौनसम्पर्कले मानिसलाई केही समयका लागि रमाइलो अनुभुति दिन्छ तर यसको फाइदाहरु त्योभन्दा पनि बढी रहेको छ । यौनसम्पर्कले पुरुष वा महिला दुवैलाई स्वास्थ्य लाभ दिने काम गर्छ ।

तर, महिलाले सेक्सबाट धेरै फाइदा लिने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्वेका अनुसार सेक्स गर्ने महिलाहरु तनावबाटमात्र मुक्त हुने नभई धेरै रोगसँग लड्न सक्ने क्षमता बढाउने गर्छ ।

१. स्ट्रेस कम गर्छ

वेस्ट स्कटल्याण्ड युनिभर्सिटीमा भएको एक सर्वेका अनुसार हप्तामा दुई वा तीनपटकसम्म सेक्स गर्ने महिलाहरुले तनावलाई राम्रो तरिकाले म्यानेज गर्नसक्छन् । यदि महिलालाई चरम सुख मिलेको छ भने उनीहरु तनाबमुक्त हुन्छन् । उनीहरु जीवनमा अत्यन्त खुसी भएको महसुस गर्छन् ।

२.अनुहारमा निखार आउँछ

सेक्सका दौउरान महिलाको शरिरमा डिएचइए नाम गरेको कम्पाउयड निस्किन्छ । यसले अनुहारमा देखिने समस्यालाई कम गरी निखार ल्याउने काम गर्छ । अनुहारमा निखार ल्याउन पनि सन्तुष्टिका साथ नियमति सेक्स गर्न आवश्यक पर्छ ।

३. हर्टअट्याकबाट टाढा राख्छ

हप्तामा दूई वा तीनपटक सेक्स गर्नाले शरिरमा ब्लड सर्कुलेशन राम्रो हुन्छ । यसका कारण पनि हर्टअट्याक हुने सम्भावना कम भएर जान्छ ।

४. राम्रो निन्द्रा लाग्छ

धेरै महिलाहरुलाई जब ३० वर्ष उमेर काट्छन् उनीहरुलाई निन्द्रा नपर्ने समस्या धेरै आउने गरेको छ । यस्तो समस्या समाधान गर्न पनि सेक्सले महत्वपुर्ण भुमिका खेल्छ । सेक्सको दौरान अक्सीटोसिन निस्कने जसका कारण राम्रो निन्द्रा लाग्छ ।

५. पिडा कम हुन्छ

सेक्स एउटा प्राकृतिक उपचार हो । यसका कारण विभिन्न पिडा प्राकृतिक रुपमा निको हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्