नेपाली पैसा सस्तिँदा काेरियामा रेमिटान्स काराेबार तीव्र



सिओल : नेपालमा चार्डपर्वहरु नजिकिएसँगै कोरियामा सञ्चालित रेमिट्यान्स कम्पनीहरुको कारोबारमा पनि वृद्धि भएको छ। नेपालमा दसैं, तिहार नजिकिएको र कोरियाबाट नेपाल पैसा पठाउने दर लगातार सस्तो हुँदै गएपछि कारोबारमा तुलनात्मक रुपमा वृद्धि भएको कम्पनीहरुले जनाएका छन्।

 

पछिल्लो एक महिनायता अमेरिकी डलरसामु नेपाली मुद्राको अवमूल्यन हुँदा कम्पनीहरुले अहिलेसम्मकै सस्तो दरमा रेमिट्यान्स सेवा दिइरहेका छन्।

 

गत महिनाको तुलनामा यो महिना कारोबारमा २० देखि ३० प्रतिशतसम्म वृद्धि भएको बताउँछन् हानपास रेमिटका भुवन बस्नेत। उनका अनुसार नयाँ सदस्यहरु पनि उल्लेख्य मात्रामा थपिएका छन्। करिब ३० हजार प्रयोगकर्ता रहेको हानपासले कोरियाका ८ सहरबाट सेवा दिइरहेको छ।

 

कोरियामा सबैभन्दा पहिला सञ्चालनमा आएको जिएमई रेमिट्यान्सले पनि पछिल्लो  एक महिनामा २५ देखि ३० प्रतिशत कारोबारमा वृद्धि भएको जनाएको छ। जिएमईका बजार प्रमुख धर्मराज गौतमले रेमिट दर सस्तो भएर कारोबारमा वृद्धि भयो भनेर खुसी हुने अवस्था भने नरहेको बताए।

 

नेपाली मुद्राको अवमूल्यन भइरहँदा नेपालमा परेको नकारात्मक असरका कारण  खुसी हुने अवस्था नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्