स्केटिङका क्रममा तीन जर्मन नागरिकको मृत्यु



बर्लिन :  अष्ट्रियाली आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा जर्मनीका तीन नागरिकको मृत्यु भएको छ भने अर्का एक जना भने अझै बेपत्ता रहेको अधिकारीले जानकारी दिएका छन् । मृतक ५७, ३६ र ३२ वर्षका पुरुष रहेको जनाइएको छ । शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

अष्ट्रियाको भोरार्बर्गमा रहेको प्रहरी कार्यालयले आइतबार मृतकका आफन्तले खोजी गरिदिन आग्रह गरेपछि खोजी गरिएको जनाएको छ ।अझैपनि बेपत्ता रहेका २८ वर्षीय अर्का एक जर्मन नागरिकको पनि खोजी भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

अत्याधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । युरोपेली देशमा अहिले अत्याधिक चिसोका कारण हिउँ परेपछि मानवीय क्षति भएका समाचार आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्