धिताेपत्र काराेबारका अाधारमा नेपाल टेलिकम एक नम्बरमा, दाेस्राेमा नबिल बैंक



काठमाडौं : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ ।

 

बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पुँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ । 

 

सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पुँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । यस्तै दोस्रोमा नबिल बैंक लिमिटेड रहेको छ ।

 

सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पुँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्