रियल मड्रिडले रियल बेटिसलाई २–१ हरायो



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसलाई २–१ ले पराजित गरेको छ ।  रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । घरेलु टोलीका लागि सर्जियो कानालेसले एक गोल फर्काए । 

आइतबार राति भएको खेलमा रियलले १९औं मिनेटमा लुका मोड्रिचको गोलबाट खेलमा अग्रता बनाएको थियो । 

खेलको ६८औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी रहँदा ड्यानियल सेवालेसले गोल गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए । 

जितसँगै रियल १९ खेलबाट ३३ अंक जोडेर ला लिगाको चौथो स्थानमा उक्लन सफल भएको छ । रियल बेटिस २६ अंक जोडेर सातौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्