अरुण तेस्राेकाे बिजुली सात जिल्ला घुम्दै भारत



संखुवासभा : अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन नेपालका सात जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । 

 

ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत्  उत्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सीधै भारत पुर्‍याउनेछ । 

 

नक्सांकन कार्य बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण हुने सतलजका ड्युटी जनरल म्यानेजर विक्रम मेदगिलले जानकारी दिए । नेपालतर्फ ट्रान्समिसन लाइनको पाँच सय एक वटा टावर बन्नेछ।

 

मोदगिलका अनुसार संखुवासभामा ४३, भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १३० सिरहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर बन्नेछ ।

आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्