वाइड बडीमा ओली र प्रचण्ड प्रत्यक्ष संलग्न



कैलाली: नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । आज बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वाइड बडी प्रकरणमा आफ्नो नाम जोडेर अन्याय गरिएको बताए । 

देउवाले भने, ‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । उक्त बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन ।’ 

‘१८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ? कसरी थाहाँ पाउनु ? भन्दै देउवाले प्रश्न गरे, ‘यदि मैले मन्त्रीस्तरीय निर्णय गरेको भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’

उनले वाइडबडी प्रकरणका आफ्नो नभई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रत्यक्ष सलग्नता रहेको दाबी गरे । अघिल्लो पटक  ओली प्रधानमन्त्री भएको बेला जहाज खरिदका लागि उपसमिति गठन भएको र दाहाल प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्