स्वास्थ्य बिग्रेपछि डा. केसीलाई अस्पताल लगियो



इलाम : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ । विगत ६ दिनदेखि इलाममा अनशन बस्दै आएका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान अस्पताल लगिएको हो । 

 

पहिले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रहेको भवनमा अनशनरत डा. केसीलाई इलाम अस्पताल लगिएको हो । केसीले अस्पतालमै अनशन जारी राखेका छन् । केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकको आग्रहमा अस्पताल लगिएको डा. अभिशेकराज सिंहले जानकारी दिए ।

अस्पतालमा डा. केसीलाई स्लाइन र अक्सिजन दिएर राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्