अवैध सामान भन्सार कार्यालयमा बुझाइयो 



विराटनगर : इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको अन्दाजी एक लाख ९८ हजार सात सय ७५ रुपैयाँबराबरको अवैध सामान विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलका भाँडाबवर्तन, महिला तथा पुरुषका कपडा, गाडीका पार्टस, साइकललगायतका सामान प्रहरीले बरामद गरेको थियो । 

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरेर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्