अपडेटः माइक्रो र बस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुग्यो



सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा हायस र बस एक आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनामा १४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

आज बिहान साँढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर–५ की ६८ बर्षीया डोल कुमारी कोईराला, उनका श्रीमान हेमराज कोईराला, झापा धरमपुरकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

काफ्ले भूमीसुधार मन्त्रालयमा लेखाअधिकृतको रुपमा कार्यरत थिए । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य वित्रान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गरिमा र काफ्लेको धरानमा र अन्यको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी हायसमा सवार झापा कचनकवलका २५ बर्षीय कृष्ण चौहान, काठमान्डौ अनामनगरकी ७ बर्षीया अग्रिता श्रेष्ठ, २८ बर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० बर्षीय बम बहादुर बस्नेत, झापा चन्द्रगढीका १२ बर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ बर्षिय होम बहादुर कार्की, मोरङ पथरीका ४९ बर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ बर्षीय तारा कुमारी राय, ३८ बर्षीय माया काफ्ले, ३५ बर्षीया साबित्रा राई र हायसका सह–चालक सोलुखुम्बुका २३ बर्षीय केदार बस्नेत घाईते भएका छन् ।

घाईतेहरु मध्ये बस्नेतको एपेक्स हस्पिटल ईटहरी, कार्कीको धरानमा उपचार भइरहेको छ । इटहरी–४ की कमला तामाङको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाईतेहरुको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार रहेका मकवानपुर हेटौडाका ३८ बर्षीय बेदनाथ घिमिरे, मोरङ लेटाङका ३७ बर्षीय खगिन्द्र नेपाल र झापा कमल गाँउपालिकाका २६ बर्षीय राजकुमार शर्मा घाईते भएका छन् ।

बसमा सवार रहेका यि तिनै जना घाईतेहरुको एपेक्स अस्पताल ईटहरीमा उपचार भईरहेको छ । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । हायस क्षतविक्षत अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्