घुस ‘खाने’ खरिदारविरुद्ध मुद्दा दायर



काठमाडौ‌ं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

डोर खटी बण्डा मुचुल्का बनाउन उनले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेको आयोगले जनाएको छ । केही दिनअघि घुस लिँदै गरेको अवस्थामा खरिदार पोखरेललाई पक्राउ गरेर बिगो असुल गरी हदैसम्मको कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले बताए । 

प्रतिक्रिया दिनुहोस्