सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि



काठमाडौं : धितोपत्र बजारमा साेमबार सेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १ सय ८६ दशमलव ८० विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २ सय ५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार साेमबार एक सय ५८ कम्पनीका आठ लाख पाँच हजार ६०१ कित्ता सेयर २६ करोड ८१ लाख २४ हजार ६ सय ४४ रुपैयाँमा खरिदबिक्री भए ।

कारोबर भएका नौ उपसमूहमध्ये बैंकिङ उपसमूहको मात्रै सेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ । यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेका छन् । 

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बढी कमाएका छन् ।

 

यस्तै बैंक अफ काठमाडौं, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्