द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्त पक्राउ



काठमाडौंं : प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई पक्राउ गरेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले साेमबार माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यस क्रममा दुईजना भाइते भएकाे संघले जनाएको छ । 

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै उनीहरु आन्दोलन उत्रिएका हुन् ।

सङ्घकी अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र सहिद घोषणा गर्नुपर्ने माग गरिन् । संघका संयोजक शेरबहादुर बस्नेतले देश र जनताको सुरक्षा दिने सिलसिलामा करिब दुई हजार ८ सय सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको उल्लेख गर्दै सरकारले उनीहरुलाई सहिद घोषणा गरिसकेको भए पनि सुविधा प्राप्त हुन नसकेकाले त्यसतर्फ सरकारलाई संवेदनशील बन्न आग्रह गरे ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारकी मञ्जु गिरीले तत्कालीन सशस्त्र युद्धमा सहिद भएका सुरक्षाकर्मी तथा घाइतेलाई सुविधा दिने विषयमा सरकार लचिलो हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्