च्यासललाई पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा



कैलाली : थ्री स्टार क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा च्यासल युवा क्लबलाई १–० ले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ८७ मिनेटसम्म कुनै टोलीले गोल गर्न सकेन । खेल सकिन तीन मिनेट बाँकी रहँदा थ्री स्टारले एक गोल गर्‍यो । उसका लागि रुपेश केसीले गोल गरे । 

त्यसपछि पनि खेलमा कुनै गोल हुन सकेन र थ्री स्टारले जित निकालेको हो । 

खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी म्यान अफ द म्याच बने । मंगलबार अन्तिम क्वाटरफाइनलमा संकटाले क्यामरुनको दाफिनास एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्