युभेन्ट्सकाे जितमा राेनाल्डाेकाे एक गाेल



टुरिन : इटालियन 'सिरि ए' को साविक विजेता युभेन्ट्सले सिजनमा शतप्रतिशत नतिजा निकाल्ने क्रम जारी राखेको छ।

 

युभेन्ट्सले लिगमा लगातार आठौं जित निकाल्ने क्रममा युडिनेसेलाई शनिबार २–० गोलले पराजित गरेको हो।

 

युभेन्ट्सको जितमा ३३औं मिनेटमा रोद्रिगो बेन्टाकुलरले पहिलो गोल गरे। उनले एन्टोनिक बाराकको ब्याक पासमा गोल गरेका थिए। ३७ मिनेटका क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सको अग्रता दोब्बर पारे। लगत्तै युभेन्ट्सका गोलकिपर सिमोन स्कुफेटले युडिनेसेका उत्कृष्ट प्रहारलाई बिफल पारेक थिए।

 

लिगमा युभेन्ट्सको ८ खेलबाट २४ अंक छ। दोस्रो स्थानको नापोलीको ७ खेलबाट १५ र तेस्रो स्थानको रोमाको ८ खेलबाट १४ अंक छ।

प्रतिक्रिया दिनुहोस्