भरतको ह्याट्रिकले आर्मी विजयी



वीरगन्ज: दोस्रो विशाल समृति फुटबल प्रतियोगितामा भरत खवासको ह्याट्रिकसँगै आर्मी क्लब विजयी भएको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको प्रतियोगितामा आर्मी क्लबले बारा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० गोलको अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको ४२ औं मिनेटमा आर्मीका कप्तान खवासले पहिलो गोल गरेका थिए । दोश्रो गोल खेलको हाफटाइम पछि दुई मिनेटमै खवासले नै पुन: गोल गरेका थिए । खवासले नै तेश्रो गोल पेनाल्टी मार्फत गर्दै म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोलि झापा ११ र भारत सिलगुडीको रोयल एफसीबीच प्रतिस्पर्धा हुनेछ ।  

वीरगन्जका पूर्व राष्ट्रिय खेलाडी स्वर्गीय विशालजंग राणाको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमको सहभागीता छ । माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्