प्रहरी आवास गृह शिलान्यास



विराटनगर : मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयको हाता भित्र निर्माण हुने प्रहरी आवास गृह तथा भान्सा घरको सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । प्रदेश १ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले भवनको शिलान्यास गरेका हुन् । 

भवनको शिलान्यास गर्दै डिआइजी रिजालले सुरक्षित वासस्थानको व्यवस्था भएसँगै प्रहरीले आमनागरीकलाई दिने सेवा पनि भरपर्दो हुने बताए । कार्यक्रममा उपस्थित जनप्रनिनिधीले आम नागरिकको सेवामा २४ सै घण्टा खटिने प्रहरीलाई खान र बस्ने ठाउँको उचित व्यवस्था भए मात्रै उच्च मनोबलका साथ सेवा प्रदान हुने बताए ।

दुई करोड ११ लाख ८२ हजार छ सय २५ रुपैयाँमा भवन निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ । रङ्गेली प्रहरी कार्यालयअन्तर्गत रहेका प्रहरीका लागि भान्सा घर तथा ब्यारेकको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्