कांग्रेस नेता जोशी भन्छन्ः सरकार जनमुखी हुन सकेन



विराटनगर : नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले दुई तिहाइको सरकारले जनताले महसुस गर्ने गरी काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारले स्वार्थ केन्द्रित हुँदा भ्रष्टाचार र विकृति बढेको उनको भनाइ छ ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले कांग्रसले मात्रै देशको भविष्य सुन्दर बनाउने जिकिर गरे । यसका लागि काँग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर अघि बढ्ने उनको भनाइ छ ।

निर्मला पन्त बलात्कार र हत्या घटनाबारे सरकारले कुनै पनि तथ्य बाहिर ल्याउन नसक्नु लाजमर्दो भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए । 

उनले भने, ‘प्रधानमन्त्री नै गलत तथ्याङ्क सम्प्रेषण गर्नमा व्यस्त हुनुहुन्छ । यो संस्थागत रूपमा आफू ठिक छु भनेर भ्रम छर्नका लागि मात्रै हो ।’ वाइड बडी प्रकरणमा आफ्नो पार्टीका जो कोही परेपनि कारबाही हुनुपर्ने तर पूर्वाग्रही ढङ्गले आरोप लगाइए आफूहरूलाई मान्य नहुने जोशीको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्