‘चपली हाइट-३’को गीत ‘चार आनाको मसला’



काठमाडौं : फिल्म ‘चपली हाइट ३’ को ‘चार आनाको मसला’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमका गर्दै फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो ।

प्रदीप लामा र उनको टिमको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम फिचर्ड छन् ।

राम खम्बु र अस्मिता अधिकारीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र सुभाष भुषालको संगीत रहेको छ । डान्सिङ विटको गीतमा नायिका स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत छन् । सस्पेन्स र थ्रिल फिल्ममा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको फिल्ममा अर्जुन कुमारको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई दिर्ग खड्काले सम्पादन गरेका हुन् । यो फिल्म चैत २८ गते देखि प्रर्दशन हुँदैछ । यहिँ मितिमा प्रदिप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ पनि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्