फ्रान्सबाट चीन उडेका इन्टरपाेलका अध्यक्ष बेपत्ता



एजेन्सी : विश्वभरका कुख्यात अपराधी र अपराधका घटनामा संलग्नको खोजीमा ख्याति कमाएको अन्तर्राष्ट्रिय प्रहरी संगठन ( इन्टरपोल) का अध्यक्ष मेङ्ग होङ्गवेई नै बेपत्ता भएका छन् । ६४ वर्षीय मेङ्ग फ्रान्सबाट चीन जाने क्रममा गत सेप्तेम्बर २९ तारिखदेखि बेपत्ता भएका हुन् । 

 

मेङ्ग बेपत्ता भएसँगै फ्रान्स सरकारले यस प्रकरणको जाँचप्रक्रिया अघि बढाएको छ । 

 

इन्टरपोलको मुख्यालय फ्रान्सको लियोन शहरमा रहेको छ। यहाँ रहँदै आएका मेङ्गकी पत्नीले आफ्ना पति हराएको जानकारी गराएकी हुन् । उनले पतिसँग अन्तिम पटक सेप्टेम्बर अन्तिम साता भेट भएको पनि पुष्टि गरेकी छन् । 

 

फ्रान्सका सञ्चारमाध्यमले मेङ्ग बेपत्ता हुनुअघि फ्रान्सबाट चीनका लागि हिँडेका थिए । २९ सेप्टेम्बरमा उनले फ्रान्स छाडेका थिए । 

 

नोभेम्बर २०१६ मा उनी इन्टरपोलका अध्यक्ष बनेका थिए । त्यसभन्दा अघि उनी चीनमा जन सुरक्षातर्फ उपमन्त्री थिए। चीनमा उनको जिम्मेवारी गुप्तचर पुलिसको काम-काज रेखदेख र निगरानी गर्नु थियो । ९५ वर्षको इन्टरपोलको इतिहासमा मेङ्ग अध्यक्ष बन्ने पहिलो चिनियाँ नागरिक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्