सबै स्थानीय तहमा रोजगार संयोजक राख्ने तयारी



काठमाडौं : सरकारले बेरोजगारको तथ्यांक संकलन, रोजगारीको खोजी र बेरोजगार निर्वाह भत्ता वितरणका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक राख्ने भएको छ । 

मन्त्रिपरिषदले पुस १७ मा ‘रोजगार संयोजक पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड २०७५’ पारित गरी प्रत्येक स्थानीय तहमा एक एक जना रहने गरी संयोजक राख्ने निर्णय गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक महिनापछि लागू गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा एक एक जनाका दरले हुने गरी रोजगार सहजकर्ता राख्ने तयारी गरेको छ । 

स्थानीय तहमा नै रोजगार दिन, बेरोजगारीको तथ्यांक संकलन गरी निर्वाह भत्ता वितरण गर्न र वैदेशिक रोजगारी जानकारी दिन सहजककर्ता राख्न लागिएको हो । रोजगार संयोजक शाखा अधिकृत सरहको वा नायब सुब्बा सरहको रहने व्यवस्था छ। यसका लाग ४५ वर्ष पूरा नभएको हुनुपर्ने उल्लेख छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्