घरमा हरियो झण्डा, गर्भवती महिलालाई एक क्यारेट अण्डा



गुल्मी : गर्भवती महिलालाई लक्षित गर्दै गुल्मीमा गर्भवती महिला विशेष कार्यक्रम शुरु गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाले गर्भवती महिला केन्द्रित कार्यक्रम घोषणा गर्दै गर्भवती महिलाको घरमा हरियो झण्डा एक क्यारेट अण्डा भन्ने नारा नै तय गरेर अभियान संचालन गरेको छ ।

जिल्लामा रहेका अरु स्थानीय तहभन्दा बिकट मानिएको उक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउँदै लगेको छ । गाउँपालिकाले जिल्लामै पहिलो पटक शुन्य होम डेलिभरि भनेर २ वटा वडाहरु घोषणा गरेको छ ।

यसरी घोषणा गरिएको मध्ये अर्जे र अर्खाबाङ्ग रहेका छन् । यो गाउँपालिका अहिले जिल्लाकै उत्कुष्ट स्थानिय तहको रुपमा आफूलाई उभ्याएको छ । यसअघि दुई वडालाई शून्य होम डेलिभरी घोषणा गरेको गाउँपालिकाले यो आर्थिक वर्षमा घमिर र ह्वाङदीमा शुन्य होम डेलिभरिको रुपमा घोषण गर्ने तयारिमा गरेको गाउँपालिका प्रबक्ता शोभाखर गिरिले बताए ।

यस गाउँपालिकामा रहेका सुत्केरी माहिलाको लागि निशुल्क एम्बुलेन्सको व्यावस्था गरेको छ । सुत्केरी महिलाको लागि गाउँपालिकाले पालिकामा रहेका सबै वडामा रहेका बर्थिङ्ग सेन्टरमा जानको लागि निशुल्क एम्बुलेन्सको ब्यबस्था गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बशन्त राज भुसालले जानाकारी दिएका छन् ।

यस्तै गर्भवती महिलाको घरमा हरियो झण्डा एक क्यारेट अण्डा भन्ने नारालाई साकार पार्दै पालिकाले प्रत्यक गर्भवती महिलाको घरमा हरियो झण्डा र एक क्यरेट अण्डा पनि निशुल्क रुपमा बितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारि दिएका छन,।

सबै वडाहरुमा सुत्केरि गराउनको लागि २४ सै घण्टा प्रसुति सेवाको लागि कर्मचारीको पनि व्यावस्था गरिएको गाउँपालिका प्रमुख रित बहादुुर थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्