बम्जनले देखे सुरक्षा खतराः तत्काल सार्वजनिक नहुने



काठमाडाै‌ं: रामबहादुर बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दैछ। त्यहाँ बम्जनले धार्मिक संवोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ।

आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका बम्जन सुरक्षा चुनौतिका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ। 

संघका केन्द्रीय सदस्य छत्र घिसिङले बम्जन विरुद्ध नकारात्मक चर्चा बढी चलेपछि सुरक्षा दृष्टिले संवेदनशील हुने भएकाले सार्वजनिक नहुने बताए। आफूमाथि यति धेरै आरोप लाग्दा र राज्यले छानविन सुरु गर्दा समेत बम्जन मौन बस्नु शंकास्पद भएको स्थानीयले बताएका नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्