सहिद स्मारक ए डिभिजन फुटबल बुधबारबाट पुन: सञ्चालनमा अाउने



काठमाडौं : असोज १४ गतेदेखि स्थगन भएकाे सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज २४ गतेदेखि पुनः सञ्चालनमा अाउने भएकाे छ ।

 

नेपाली राष्ट्रिय फुुटबल टोली बंगलादेशमा भएको आमन्त्रित बंगबन्धु गोल्डकप खेल्न गएपछि ५ वर्षपछि भएको लिग रोकिएको थियो । बंगबन्धुुु गोल्डकपको समूह चरणबाटै नेपाल बाहिरिएपछि लिग पुनः सुचारु हुन लागेकाे हाे । 

बंगबन्धु खेल्न बंगलादेश पुुगेको राष्ट्रिय फुुटबल टोली आज स्वदेश फर्किंदै छ । साविक विजेता नेपाल बंगबन्धुको समूह चरणका दुवै खेलमा पराजित भएपछि आइतबार स्वदेश फर्क‌ंदै छ । 

नेपाल बंगबन्धुुको पहिलो खेलमा ताजकिस्तानसँग २—० गोल अन्तरले र  दोस्रो शनिबार भएको प्यालेस्टाइनसँगको खेलमा १—० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्