मालपोत कार्यालयमा बिचौलियाको बिगबिगी



भैरहवा : मालपोत कार्यालय रुपन्देही सिद्धार्थनगरमा बिचौलियाको बिगबिगी बढेको सेवाग्राहीले गुनासो गरेका छन् । बिचौलियालाई घुस नदिए काममा ढिलाइ हुनुका साथै कर्मचारीले काममा अल्झाउने गरेको सेवाग्राही बताउँछन् ।

बैङ्कको कागजात मिलाउन जग्गा रोक्का गर्नका लागि मालपोत कार्यालयमा आएका सेवा ग्राही उत्तम कुँवरले बिचौलियाका कारण काममा ढिलाइ भएको बताए । लेखापढीको नाममा यति पैसा दिनुस् काम गरिदिन्छु भनेर भने,‘म आफै गर्छु’ मैले भने ।

यहाँ बिचौलियाहरूले मोठ नै निकालेर काम गर्ने गरेको कुँवरले बताए। उनले भने, ‘मैले सुचना अधिकारीलाई पनि जानकारी दिएँ । उनले जान पाउँदैन भनेर ४/५ जना मान्छे बाहिर निकालेर जानु भयो । पछि फेरी त्यस्तै भयो त्यसपछि कसैले कहीँ भनेनन् ।’

मालपोत कार्यालय भैरहवा बिचौलियाको कब्जामा रहेको उनको तर्क छ । मान्छेहरू लाइनमा छन् । मान्छेले दुःख पाइराखेका छन् सेवा ग्राहीले अर्का सर्वसाधारण उत्तमले बताए।

उनका अनुसार पैसा नदिए काममा ढिलाइ हुने कर्मचारी नै नास्ता खान, केही काम छ भन्दै बाहिर निस्कने गरेको र पैसा दिए छिटो काम हुने गरेको छ। लेखापढीले मिडीएटरको काम गर्ने गरेको मालपोतका एक जना कर्मचारी बताउँछन् । मिडीएटरको काम नै हामीले गर्दिन्छौँ भन्ने, छाप ल्याप्चे लगाउने, अब भयो होला भन्ने हुन्छ, उनले सुनाए ।

मालपोत कार्यालयमा एक जना कर्मचारीले नियमित घुस लिइरहेको स्विकार्दै ती कर्मचारीले घुस लिनेलाई पटक पटक सचेत गराएको र यसो नगर्न अनुरोध समेत गरेको बताए । बाहिरबाट समेत कुरा आएको हुनाले उनलाई अब देखि घुस नलिन सचेत गरेको बताए । ती कर्मचारीले २/४ जनाले सुधार गर्दैमा मालपोत कार्यालयमा सुधार हुन नसक्ने बताए ।

सुधार गर्न धेरै तह र तप्काबाट आवश्यक रहने उनको भनाइ छ। कर्मचारीको नाम बेचेर बिचौलियाले पैसा माग्ने गरेको उनले आरोप लगाए । मालपोत कार्यालयका सुचना अधिकृत ईश्वर चन्द्र अर्यालले पहिले जस्तो घुस लेन देन नहुने गरेको बताएका छन्।

मालपोत कार्यालयमा सेवा ग्राही धेरै शाखामा जानु पर्ने भएको हुनाले सेवा ग्राहीले घुस नदिए सम्म काममा ढिलाइ र आलटाल हुने गरेको सेवा ग्राहीको गुनासो छ ।

सेवा ग्राही भन्दा बिचौलिया नै भित्रै जाने र फाइल पल्टाएर काम गर्ने हुँदा सेवा ग्राहीले घुस नदिए सम्म काम गर्न कठिनाइ हुने गरेको छ । मालपोत कार्यालयमा मिसिल हराउने स्रेस्ता नयाँ घुस्ने गरेका कारण सरकारी जग्गाहरू व्यक्तिको नाममा भएका धेरै घटनाहरू समेत बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्