एनअारएनले दुबर्इमा सुपरमार्केट खाेल्ने



युएई : एनआरएन यूएईले दुबईमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको नियमित कार्य समिति भेलाले कार्ययोजना सहित सुपरमार्केट सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो । 

 

यूएईका सातै वटा राज्यमा पालैपालो कार्य समिति भेला गर्ने नीतिअनुरुप शुक्रबार फुजेराहमा भएको भेलाले सुपरमार्केट सञ्चालन गर्ने विषयमा निर्णय गरेको हो । 

 

सुपरमार्केटमा एनआरएन तथा अन्यले समेत लगानी गर्न सक्ने व्यवस्था गरिनेछ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर काम गरिने संघका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

 

एनआरएन यूएईले दसैँमा शुभकामना आदानप्रदान र तिहारमा देउसी भैलो कार्यक्रम सहित नोभेम्बर २३ मा वार्षिक उत्सव मनाउने जनाएको छ । त्यस्तै डिसेम्बर महिनामा विभिन्न अस्पतालमा गएर लामो समय उपचाररत नेपालीको लगत राख्ने तथा आवश्यक सहयोग गर्ने भएको छ । 

 

जनवरी महिनालाई यूएईमा सपरिवार बस्दै आएका परिवारसँग भेटघाट तथा सामाजिक अभियानमा सहभागी बनाउन ‘फेमिली डे’ कार्यक्रम गरिनेछ । फ्रेबुअरी महिनालाई जनचेतना तथा श्रमिक क्याम्प भ्रमण गर्ने र दूतावासको समन्वयमा मजदुर क्याम्पमा जनचेतना कार्यक्रम गर्ने गरी जनचेतना महिनाका रुपमा घोषणा गरिएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्