राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माघे संक्रान्तिको शुभकामना



काठमाडौंः राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनीहरुले सामाजिक एकता सुदृढ बनाउन मघे संक्रान्तिजस्ता पर्वको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

‘विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ शुभकामना वक्तव्य जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले विश्वमा शान्तिको सन्देश फैलाएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले शभकामना व्यक्त गर्दै भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान हो । विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय हो ।’

नोपालीले माघे संक्रान्तिलाई विशेष पर्वका रुपमा धुमधामका साथ मनाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्