१५ एसएसपीका लागि ३५ एसपीबीच प्रतिस्पर्धा हुँदै



काठमाडौंः नेपाल प्रहरीमा रिक्त १५ एसएसपीका लागि एसपी बढुवाको तयारी सुरु भएको छ । एसएसपीका लागि ३५ एसपी मैदानमा छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली संशोधन गरेसँगै एसपी बढुवाको बाटो खुलेको हो । 

सरकारको यो निर्णयमा लोक सेवा आयोगले समर्थन दिएसँगै बढुवा प्रक्रिया पनि अघि बढ्नेछ । ३५ मध्ये चार जना महिलाले एसएसपीका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्