विप्लव समूहका दुई नेता खत्री र बुढा अदालत परिसरबाटै पक्राउ



रोल्पा : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज रोल्पा नगरपालिका वडा नम्बर–२ का ५८ वर्षीय दलबहादुर खत्री र रुकुम जिल्ला सेक्रेटरी आठबिसकोट नगरपालिका–८ का ३१ वर्षीय चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ र

हिजो (मंगलबार) जिल्ला अदालतले जनही १५ हजार धरौटीमा रिहा गरेका खत्री र बुढालाई अदालत परिसरबाट प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

गत असोज ३० गते राजपुर गाउँपालिका–४ स्थित जङ्गलबाट दुवैलाई गिरफ्तार गरि राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्