सशस्त्र प्रहरीद्वारा तस्करीको कपडा बरामद 



वीरगन्ज : सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती टोली वीरगन्जले  तस्करी गरि भित्र्याएको कपडा बरामद गरेको छ ।

 

सशस्त्र प्रहरीले वीरगन्जको रजतजन्ती चोकबाट करिब १ लाख ३२ हजार मूल्य बराबरकाे लत्ताकपडा बरामद गरेको हो । समाीवर्ती सहर रक्सौलबाट ल्याएको कपडा भन्सार नै नतिरी भित्र्याए पछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा रहेको टोलीले साडी, कुर्ता, सुरुवाललगायतकाे कपडा बरामद गरेको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरु कपडा फाली फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले बताए । बरामद गरिएको कपडा वीरगन्ज भसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्