कालीगण्डकीमा पौडी खेल्दा कान्तिपुरकर्मी बेपत्ता



चितवन : मकर संक्रान्तिका दिन मंगलबार देवघाटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नवलपुरका २७ वर्षीय अमित भनिने चित्रबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार उनी कालीगण्डकी नदीमा बिहान साढे ९ बजे पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी टोलीले बेपत्ता युवकको खोजीकार्य जारी राखेको घट्नास्थलमा रहेका प्रहरी नायब निरीक्षक कवीन्द्र गुरुङले बताए । चित्र साथीलाई मोबाइल दिएर अनि कपडा किनारमा राखेर पौडी खेल्न नदीमा पसेका थिए ।

 

उनी कान्तिपुर पब्लिकेसनको भरतपुरस्थित छापाखानामा कार्यरत रहेकाे कान्तिपुरकाे अनलाइन संस्करणमा जनाइएकाे छ ।  

प्रतिक्रिया दिनुहोस्