तराई–मधेसमा तिला सङ्क्रान्तिकाे राैनक



धनुषा : जनकपुरसहित सम्पूर्ण तराई–मधेसमा मंगलबार धुमधामका साथ तिला सङ्क्रान्ति मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ ।

 

यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं. २ काे सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ । 

इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई मानिन्छ तर सौर्यमासअनुसार दिन मकर सङ्क्रान्तिदेखि बढ्ने गर्छ । मैथिली भाषामा ‘माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महिना लामो खरमासको समाप्ति यसै मकर सङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्य फेरि आरम्भ गरिन्छ । 

यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । सूर्यको प्रकाशमा तेज (तापक्रम) दिनानुदिन बढ्दै जाने हुँदा अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ । मकर सङ्क्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ ।

 

यस दिन बिहानको पूण्यकालमा सबैजना पवित्र जलमा स्नान गरेर सूर्य भगवानलाई अर्घ्य दान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छेअनुसार नगद दान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ । यस दिन दान गरे सीधै स्वर्गलाेक प्राप्त हुने मनुस्मृति, गरुडपुराणलगायतका धर्मशास्त्रमा उल्लेख छ । 

 

मकर सङ्क्रान्तिको दिन घरदैलो सफा सुग्घर पारेर सकेसम्म गाईको गोबरले लिपी दान पुण्य गरी खिचडी पकाउन चामल, तील तथा अदुवा कुल देवतालाई अर्पण गर्ने चलन छ । भुटेको चिउरालाई गुडको चास्नीमा मुछी तयार पारिएको लड्डु तथा बन्हुइ लाइ (गुडको चास्नीमा मुछेर तयार पारिएको मुरही–भुजाको लड्डु) पनि कुल देवतालाई अर्पण गर्ने परम्परा रहेको पाइन्छ । 

यस प्रकारको लड्डु छोरीचेलीको घर कोसेलीको रूपमा पठाउने सामाजिक परम्परा छ । बुहारीको माइतीबाट पनि यस्ताे कोसेली अनिवार्यरूपमा आउने गर्छ । यस प्रकारको कोसेलीले छोरीचेलीको मान बढ्छ । बुहारी गौरवान्वित हुन्छन् ।

 

यस अवसरमा कोसेली आएन भने छोरी बुहारीले आफ्नो मन दुखाउँछन् । अतः गरीब धनी जोसुकैले गच्छेअनुसार खिचडीको कोसेली छोरी चेलीको घरमा अवश्य नै पठाउँछन् । 

मकर सङ्क्रान्तिको दिन घरघरमा खिचडी पाक्छ । पाएसम्म बासमतीको चामलमा बेसार, तिल, अदुवा हालेर खिचडी बनाइन्छ । मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ । खिचडीमा घरको घ्यु अनिवार्यरूपमा हालिन्छ ।

 

मैथिली भाषाको अर्को उखान अनुसार–खिचडी के चार यार, पापड, दही, घिव, अचार’ । खिचडीको साथमा पापड, दही, घ्यु तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोकमान्यता छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नाम रुकुमकी नानुमाया घर्ति (नाम परिवर्तन), उमेर २१ वर्ष । बालाजु, नयाँ बसपार्कदेखि गोंगबुसम्मका सडकमा

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा

काठमाडौं : काठमाडौंको तारकेशवर नगरपालिका ३ धर्मस्थलीस्थित एक विद्यालयको छाना भत्किँदा करिब साढे तीन दर्जन

वीरगञ्ज : वीरगञ्जमा बाबुले आफ्नै छोरीलाई बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको छ । वीरगञ्ज

काठमाडौं : प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताले काँग्रेस

काठमाडौं : फूलैफूलको पर्व तिहार आउन तीन दिन मात्र बाँकी छ । दशैं सकिएपछि घर–घरमा

काठमाडौं : रौतहट नरसंहारका मुख्य आरोपी महमद अफताव आलमकै कारण एक प्रहरी अधिकारीले एआईजी हुन

मेलम्ची : अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा

काठमाडौं :डन आयो डन,जा मूला भन,राजा हो राजा,बजाईदिन्छ बाजा,ए निकाल गाँजा,खानुपर्छ आज ।। यो गीत

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका