६ वर्षदेखि फरार अपराधी पक्राउ



बारा : लागूऔषध मुद्दामा ६ वर्षदेखि फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेका छन् । २०६९ असार २४ गते जीतपुर सिमरा उपमहानगरपालिका ८ निवासी असर्फी साहलाई लागूऔषध मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । 

 

अदालतले ६ महिना कैद र २ हजार नगद जरिवानाको फैसला पनि गरेको थियो । त्यसपछि फरार साह लुकिछिपी बस्दै आएका थिए । इलाकाप्रहरी कार्यालय सिमराले साहलाई सोमबार सिमराबाट पक्राउ गरी वीरगन्ज करागार पठाएको प्रहरी प्रवक्ता रंजितसिह राठौरले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्