अवैध सालको काठ बरामद



दाङ : गढवा राजपुर गाउँपालिका–७ पटौलीमा नाकास्थित मारुरीखोलाबाट आज करीब १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय गढवाले अवैध सालको काठ बरामद गरेको छ । अधैव रुपमा सालको काठ निकासा हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको जानकारी दिए । उक्त काठ आवश्यक कार्वाहीका लागि सब डिभिजन वन कार्यालय पठाइने प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्